ताजा अपडेट »

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विहीबार, २१ असार २०८०, १७ : ५५
31 Shares

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन् ।

सत्ताबाट एमाले बहिर्गमित भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।