ताजा अपडेट »

भाटभटेनीको जनकपुर स्टोरमा सेवाग्राहीको अत्याधिक भिड बढेपछि दिउँसो ३ बजे नै बन्द !

शनिबार, १६ असार २०८०, १९ : २३
28 Shares

बुटवल । भाटभटेनी सुपर स्टोर जनकपुरधाममा शनिबार उपभोक्ताको अत्याधिक भिडभाड भएपछि स्टोर ३ बजे नै बन्द गरिएको छ ।

२५औँ स्टोरको रुपमा यही असार ६ गतेदेखि मधेस प्रदेशको राजधानी जनकपुरमधाममा सन्चालनमा आएको सो स्टोरमा आज सनिबार उपभोक्ताको अत्याधिक भिड बढेपछि स्टोरका साथै वालबालिका, बृद्ध तथा महिलाहरुको समेत सुरक्षालाई ध्यानमा राखी आज ३ बजेदेखिनै स्टोर बन्द गर्नु परेको भाटभटेनीका क्षेत्रिय व्यवस्थापक बिनोद भट्टराईले जानकारी दिए ।

जनकपुरबासीले हामिलाई यती धेरै माया गर्नु भएकोमा हामी विशेष आभार तथा धन्यवाद व्यक्त गर्दछौं । आज शनिबार पनि भएकाले धेरै नै भिड बढ्दै गएपछि सुरक्षाका कारण ३ बजे नै स्टोर बन्द गर्नु पर्यो। । यसरी भीड बढेर दिउसो नै बन्द गर्नुपरेको भाटभटेनीको इतिहासमा यो पहिलो घटना हो, उनले भने । भोलि बाट भने नियमित समयदेखि नै स्टोर खुल्ने व्यवस्थापक भट्टराईले बताए ।

“हामीलाई संकट आइपरेका बेला पनि ग्राहकले देखाउनुभएको मायाप्रति आभारी छौँ ।” स्टोर बन्द भएपछि पनि हजारौँ ग्राहकहरु आफूहरुले प्रवेश पाउनुपर्ने भन्दै गेट र सडक वरिपरि बसिरहनुभएको छ। हामीले उहाँहरुलाई भोलि बिहान ७ बजे आइदिनुहोला भनेर अनुरोध समेत गरेका छौँ, उनले भने ।

२ अर्ब बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा न.१४ मुजेलीया, शहीदद्वार नजिकै स्थापना भएको यस स्टोर १ विगाह १० धुर क्षेत्रफलमा बनेको छ । २ लाख बढि वर्गफुट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएका छन । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिएको भाटभटेनीले जनाएको छ ।

जनकपुरमा २५औँ स्टोर सञ्चालनमा ल्याएर काठमाडौं फर्किएका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ लतिता निवास प्रकरणमा केही दिन देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नियन्त्रणमा छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।