ताजा अपडेट »

अस्वीकृत प्रेम

शनिबार, ०९ असार २०८०, १० : ११
12 Shares

थाहा छैन जीवनको आयु !
आयुको जीवन कति हुन्छ ?
मान्छे स्वाससँग जीवन साट्छ
जीवनसँग आश साट्छ !
माटोलाई ढुंगाको साथ
ढुंगालाई माटोको आड
निरन्तर प्रक्रिया हो !

मान्छे !
कति निष्ठुरी छ
वायुको आयु सोध्छ !
नदीको लम्बाई नाप्छ
माटोको माया थाहा छैन
आकाशको आयतन नाप्छ !

फूलसँग भँवरा
पातसँग पवित्रता
काँडासँग कोमलता ?
सम्बन्ध, सहयात्राको हुन सक्छ !
विरुवासँग बीरता
मलसँग ममता
पानीसँग पक्षधरता !
बाँच्नैका लागि प्रेम हो !

तर
किन मान्छे ?
अस्वीकृत गरिरहेको छ प्रेम ?
के प्रकृतिसँग प्रेम गर्ने अधिकार छैन मान्छेको ?
किन अस्वीकृत हुन्छ प्रेम ?
प्रकृतिको पवित्रता नै प्रेम हो !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।