ताजा अपडेट »

भाटभटेनीको २५ औं स्टोर जनकपुरमा, २० प्रतिशतसम्म छुट

बुधबार, ०६ असार २०८०, १२ : ११
42 Shares

जनकपुर। चेन मार्केटमा आक्रामक बजार विस्तार गर्दै मुलुककै ठूलो सुपरस्टोर भाटभटेनीले आफ्नो २५ औं स्टोर मधेश प्रदेशको राजधानी, जनकपुरधाममा आजबाट संचालनमा ल्याएको छ । मधेशप्रदेशमा विरगंजपछि यो दोस्रो स्टोरका रुपमा सञ्चालनमा आएकोे हो ।

आज जनकपुरमा आफ्नो २५औं स्टोर अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले शुभ साईतमा बिशेष पुजागरी शुभारम्भ गरेका हुन । शुभारम्भसंगै आजबाट स्टोर किनमेलका लागि खुला भएको छ। मधेश प्रदेशको राजधानी जनकपुर शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको स्टोर संचाललनले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । आफु जनकपुरबारे सानै बाट जानकार रहेकोे र पहिला पनि धेरैपटक आईसकेको माता सिताको यो पुन्य भुमिमा केही गर्नु पर्छ भन्ने लागेर नै भाटभटेनी संचालनमा ल्याएको बताए । उनले अफु व्यावसायिक हिसाबले जोडीएर समाजका लागि केही गर्न पाउदा खुशी लागेको बताए ।

२ अर्ब बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा न.१४ मुजेलीया, शहीदद्वार नजिकै स्थापना भएको यस स्टोर १ विगाह १० धुर क्षेत्रफलमा बनेको छ । २ लाख बढि वर्गफुट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएको भाट भटेनीले बताएको छ ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले अध्यक्ष गुरुङले दाबी गरे ।‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखेर रोजगार पनि प्रदान गर्दै आएका छौं, उनले भने ।

स्वदेश तथा विदेशबाट जनकपुर घुम्न आउने पर्यटकलाई समेत लक्षित गरी स्थापना गरिएको स्टोरमा उपलब्ध हुने सेवाले यहाँको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको भाटभटेनी सुपरस्टोरका क्षेत्रिय व्यवस्थापक विनोद भट्टराईले बताए । यो स्टोर संचालनले जनकपुर मात्र नभई आसपासका जिल्लाहरुसंगै सिमावर्ति भारतिय शहरका बासिन्दाहरुपनि लाभान्वितहुने उनी बताउछन ।

स्टोर संचालनसंगै जनकपुरको आन्तरीक तथा वाह्य पर्यटनको प्रर्वधनमा पनि सहयोग पुग्ने हाम्रो बिश्वास छ, उनले भने । स्टोरमा ग्रोसरी, किचनवेयर, रेडीमेड गार्मेन्ट, बच्चाका खेलौनाका सामान, फुटवेयर, ईलेक्ट्रोनिक्सका सामानहरु, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु, ब्राण्डेड जुत्ताहरु लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजार मुल्य भन्दा सस्तो उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको दाबी छ । पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनि बताउँछन् ।

अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, हिमालय मम, बास्किन रबिन्स आइस क्रिम, अतिथी भेज रेष्टुरेन्ट लगाएतको फुडकोर्ट रहेको यस स्टोरमा मल्टिप्लेक्स सिनेमा हल, बाबु नाानीहरु खेल्नका लागि किड्स जोन,स्केट पार्क लगाएतका सुविधाहरु पनि रहेको व्यावस्थापक भट्टराईले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिईने भाटभटेनीले जनाएको छ ।

मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने अर्थतन्त्र सुधारमा टेवा पुग्नेगरी बजार विस्तारलाई थप तिब्रता दिएको छ । नीजि क्षेत्रका अन्य उद्योगी तथा व्यवसायीहरुले जस्तै भाटभटेनीले संकटको सामना गर्नुपरेको भएतापनि ठूलो आँट गरेर नै स्टोर विस्तारलाई तिब्रता दिइएको अध्यक्ष मिन बहादुर गुरुङ बताउँछन् । मुलुक आर्थिक संकटमा परेको बेला नीजि लगानी कर्ताहरुले राज्यलाई साथदिनेगरी लगानी वृद्धि गर्नु पर्ने र सोही अनुसार राज्यले पनि लगानी सुरक्षाको प्रत्याभूती दिलाउन सक्नु पर्ने उनको बुझाई छ । ‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन ।

जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।“उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा हामीलाई खुसी लागेको छ ।” बजार बिस्तारमा आफ्नै फरक शैली अपनाएको भाटभटेनीले झापाको विर्तामोड मा २६औं तथा दमकमा २७औ स्टोर संचालनमा ल्याउने जनाएको छ। बिर्तामेडमाहाल निर्माण कार्य चलीरहेको र आगामी असोज महिनामा संचालनमा ल्याउने भाटभटेनीले जनाएको छ । भाटभटेनीले अहिलेसम्म ८ हजार बढिलाई प्रतक्ष रोजगारी प्रदान गरिहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।