ताजा अपडेट »

लोकसेवा पीडित

सोमबार, ०४ असार २०८०, १५ : २६
20 Shares

फेल पार्नै बनाएको लोकसेवामा
पटक पटक पास गर्ने कोशीस गर्दागर्दा
जोबन सकिएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!

स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको आहत
तै पनि मन बुझाउने बहाना खोजौ कि भनेर
छटपटाइरहेछ यो मन‘।

जी।के। को खातिर,
सारा ब्राम्हाण्डको ग्रह, उपग्रह, उल्का
भोल्काको सङ्ख्या,
क्षेत्रफल,लम्बाइ चौडाइ
एकार्काको दुरी र सम्बन्ध
रटेकै हुन्छु

तर
मेरो उत्तरपुस्तिका जाच्ने समयमा
कहिले एउटा ग्रह ब्ल्याकहोलले
खाइदिएर सङ्ख्या घट्दो रहेछ
कहिले अर्को नयाँ ग्रह थपिदो रहेछ
कहिले मायाले एकार्काको दुरी
घटाऊदो रहेछ कहिले रिसले
दुरी बढाउदो रहेछ‘

संसारका शक्त्तिशाली शासकहरुको
स्वास्नीको सङ्ख्या देखि
प्रत्येक बिहे तिथिमिती
ठुलाबडाहरुको जन्ममिती देखि
मृत्‍युमितिहरु
कन्ठस्ट गरेकै हुन्छु
तर मैले जाच लेख्ने बेलामा
कहिले अर्को स्वास्नि थपेर
कहिले एउटा मरेर सङ्ख्या घटबढ् हुदो रहेछ।।

सत्यगुग देखी त्रेतायुग, द्वापरयुग
र कलियुगहरुमा भएका विश्वयुद्द देखी
गृहयुद्द, प्रेमयुद्दका इतिहासका मितिहरु
घोकेकै हुन्छु
तर मैले लेख्ने बेलाको परिक्षामा, भर्खरै दुई पार्टिका
शिर्ष नेताहरुको ठुलो पदमा भागबन्ड नमिलेर
झगडा गरेको मिती
मैले पढ्ने लोकसेवाको किताबमा छापिनै
बाँकी प्रश्न सोधिदिन्छन‘।।

जसो तसो लेखाइमा पास भएकै थिए
अन्तर्वातामा बोलाएर सोध्यो
पोखराको बिचमा के छरु
सजिलो प्रश्न भनेर मनमनै फुरुङ्ग हुँदै भने
पोखराको बिचमा फेवातल छ सर !
उस्ले भन्यो (फेल१ पोखरा को बिचमा ‘ख’ छ

अर्को पटक पनि अन्तर्वाता सम्म पुगेकै हुँ
फेरी उस्तै खालको प्रश्न गर्‍यो
इलामको बिचमा के छरुरु
पुरानै मोडेलको प्रश्न भनेर फेरी खुशी हुँदै
उत्तर दिए( इलाम को बिचमा ’ला’ छ सर !
उस्ले कड्किदै भन्यो( फेल! इलामको बिचमा
चियाबारि छ !

र त म भन्दैछु यो फेल पार्नै बनाएको
लोकसेवामा पटक(पटक पास हुने
कोशीस गर्दा गर्दा कपाल फुलाएको
यो लोकसेवा पीडितलाई न्याय चाहियो हजुर !

आजकाल त आकाशमा चरा उडेको देख्नै हुन्न
समय र मिती टिप्न थालीहाल्छु
घरको मान्छेहरु सङ्गको सम्बन्ध केलाउनलाई
पनि क्ष्।त्त शुत्र प्रयोग गर्न थालेको छु
एकपटक केटी माग्न जादा, केटीको बाउले
मेरो उमेर सोध्द्दा हतार हतार कलमले
हत्केलामा कोरेर क्ष्त्तसुत्र लाएर आफ्नो
उमेर निकाल्न थालेछु
आफ्नो उमेर पनि थाहा नपाउनेले छोरी
कसरी पाल्छ भनेर धपाइदिए‘।

सरकारी जागिर खाएर बिहे गरौला भनेको
प्रेमिकाको छोरा नै लाहुरे भईसक्यो
बाबा, आमालाई सुख दिने भनेको
पनि ईतिहास नै हुन लाग्यो
चुकचुक लाग्छ।।
बरु उमेर हुँदै अरब गएको भए,
कमसेकम
चुहिने घरको छानो र
फाटेको आमाको चोलो
फेर्ने हैसियत त हुन्थ्यो।।

कहिलेकाही घोरिएर सोच्छु,
इतिहासका ठेलिहरु घोकेर
आकाशका जुनाताराहरु गनेर
मान्छेहरुको जन्म र मृत्‍युको मिती रटेर
बाउ छोराको उमेरको अन्तर पत्ता लाएर
पास भएर लोकको सेवा गर्ने योग्य भए पछी
यिनै कुराहरु ब्याबहारमा लागु हुँदा हुनरु
बरु कहिलेकाही सुनिन्छन
कार्यालयभित्र तास खेलिरहेका
कोही मस्त सुतिरहेका
कोही घुस लिरहेका
जुन कुराहरु न लोकसेवाको पाठ्यक्रमा
पढ्न नै पर्छ नत घोक्न रट्न नै !

मेरो त घोक्ने कुराहरु घोक्दा घोक्दै
रट्ने कुराहरु रट्दा रट्दै जोवन ढलिगयो
न खेतिबारी खन्ने जोस रहयो नत
अरब जाने उमेर !
म लोकसेवा पिडितलाई न्याय चाहियो हजुर
खवरदार१ बृदाभत्ता पर्खि चै भन्नु नपाई!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।