ताजा अपडेट »

बुटवलबाट पिकनिक खान गएका युवा दोभान खोलामा डुबेर मृत्यु

आइतबार, ०३ असार २०८०, ०८ : ४१
10 Shares
आइतबार, ०३ असार २०८०
10 Shares

बुटवल । पाल्पाको तिनाउ-२ खुर्साने स्थित दोभान खोलामा डुबेर एक युवाले ज्यान गुमाएका छन् । रुपन्देही बुटवल उपमहानगरपालिका-११ सिर्जनानगरका ३४ वर्षीय लोक प्रसाद रजालीको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार दिउँसो साथीहरुसँगै ड्राइ पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पिकनिक सकिए पश्चात घरतर्फ फर्किने क्रममा लोक प्रसादलाई साथमा नदेखेपछि उनका साथीहरुले खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी १०० मिटर माथि पानी भित्र डुबेको अबस्थामा फेला पारेका थिए । उनलाई तत्काल उद्दार गरि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले रजालीलाई मृत घोषणना गरेको प्रीले जनाएको छ ।

शनिवार दिउँसो नै तिनाउ खोलाको विद्युत ड्याम नजिकै डुबेर अर्का युवाको पनि मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।