८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । सुरक्षित यात्रा तथा दुर्घटना न्युनिकरणको सचेतनासहित विहिबार बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यपस्थापन कार्यालय बुटवलको आयोजना, सुरक्षित यात्रा नेपालको सहकार्य तथा लायन्स क्लब अफ बुटवलको प्राविधिक सहयोगमा सवारी चालकहरुका लागि आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

अभियानको उद्घाटन गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले  ट्राफिक नियमको पालना अरुका लागि नभई आफ्नै लागि हो भन्ने  भावनाको विकास गर्न आवश्यक रहेको बताए । दुर्घटना न्युनिकरणका लागि सबैभन्दा बढी सवारी चालकहरु नै सचेत हुन आवश्यक रहेको बताउँदै उनले यात्रुहरुले समेत त्यस कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित र सहज यात्राको कामना’- भन्ने मूल नारासहित शिविरको आयोजना गरिएको हो ।  

सो अवसरमा बोल्दै सुरक्षियात्रा नेपालका कृष्ण प्रसाद बेलबासेले सुरक्षित यात्राले सबै यात्रु तथा चालक-सहचालकको अमुल्य जीवन वचन सक्ने उल्लेख गरे । यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले दुर्घटना न्युनिकरणका लागि सबै आ-आफ्नो क्षेत्रबाट जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर