ताजा अपडेट »

प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ 

बुधबार, ३१ जेठ २०८०, १४ : ४३
46 Shares

बिराटनगर । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन । 

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो ।सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवास मै पुगेर कालोमोसो दलेका थिए । जसको सर्वत्र आलोचना भएको थियो । नेबिसंघ केन्द्रिय कार्यालयले उक्त घटनामा संलग्नहरु आफनो कार्यकर्ता नभएको भन्दै जिम्मेवारीवाट पन्छिएको थियो । 

तर, पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिए पछि प्रहरीले उनलाई ब्यापक खोजी गरेको थियो । मोरङ र सुनसरी दुवै प्रहरी टिमले उनको खोजी गरिरहेको बेला आज बिहान पक्राउ परेका हुन । 

सुनसरीका प्रहरी प्रमुख एसपी ढकालका अनुसार कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेको जनाउँदै सबैलाई पक्राउ गरिने जानकारी दिए । 

विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।