ताजा अपडेट »

मेरो देशको अवस्था

बुधबार, ३१ जेठ २०८०, १४ : ३७
253 Shares
बुधबार, ३१ जेठ २०८०
253 Shares

रोजगार छैन आफ्नो देशमा, युवाहरु खाडिमा
छोरी हराउछन खोज्दै गर्दा, भेटिन्छ लास झाडिमा

घर खेत बेचिबेची पढेपनी गुणस्तर छैन राम्रो
ब्याच्लर त पढ्छौ तर सीप केही छैन हाम्रो

नेताहरुलाइ कुर्सिकै ध्यान जनताको यस्तै छ हाल
जागिर खान नि पैसा ख्वाउन पर्ने कस्तो रैछ यो चाल

आफ्नो देश नि बेची खाने कस्ता सपुत होलान
देख्दा देशको यो दुर्गती सहिद कति रोलान

गर्न चाहनेलाइ नि अवसर छैन बिदेसिनु बाध्यता हो
भ्रमणको बाहना बनाइ सिमाना बेच्ने सम्झौता भो

बालेन हर्क जस्ता नेता जन्मिएका छन नि तर
कुन दिन कस्लाइ मार्ने हुन फेरि यिनको त छैन भर

आधाभन्दा बढी युवा रोजगार नपाएर बिदेश गयो
देश छोड्दा खुसी लाग्ने कस्तो देशमा जन्म भयो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।