७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

नयाँदिल्ली। चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्।

Advertisement

यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस बर्षकाे सुरूवातीमा चार भारतीय पत्रकार चीनमा थिए । 

चीन र भारतले दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ–आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि छाड्न भनिएको छ।

ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार यस मामिलासँग परिचित व्यक्तिका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएका छन्। ती पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । र, यसले सम्बन्ध बिग्रँदै गएको विश्वलाई देखाउने छ । 

यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए। हिन्दुस्तान टाइम्स पत्रिकाका रिपोर्टरले गत हप्ता चीन छाडेका थिए भने सरकारी च्यानल प्रसार भारती र द हिन्दू पत्रिकाका पत्रकारलाई अप्रिलमा चीनले भिसा नवीकरण गर्न अस्वीकार गरिएको थियो।

चीनको विदेश मन्त्रालय र भारतीय विदेश मन्त्रालयले यसबिषयमा कुनै टिप्पणी गर्न चाहेका छैनन ।

गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए कि, भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन्। 

यसअघि भारतले पनि सिन्ह्वा समाचार एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो।

भारत सरकारले यस महिनाको सुरुमा भनेको थियो कि चिनियाँ पत्रकारहरू बिना कुनै कठिनाई भारतमा काम गर्न सक्छन छन् तर चीनमा भारतीय पत्रकारहरूको लागि समान वातावरण छैन।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल