८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीकाे  कैलारी गाउँपालिका-७  बसन्ताबाट अवैध लागुऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका-७ बस्ने ५४ वर्षीय सुकानु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले रामपुरबाट हसुलियातर्फ आउँदै  गरेको से.७ प २५०४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।    

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ६० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-११ बस्ने ४२ वर्षीय विक्रम सुवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीकै टीकापुर नगरपालिका-४ अस्नेरी बस्ने १५ वर्षीय किशोर र सोही नगरपालिका-२ अस्नेरी बस्ने २३ वर्षीय गणेश कार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीय किशोरको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले घर तालसी गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको  हो ।

उदयपुरकाे बेलका नगरपालिका-८ कोठुस्थित चतारा पुलबाट अवैध लागुऔषध खैरो हेरोइन १ ग्राम ३ सय २० मिलिग्रामसहित सुनसरी रामधुनीभासी नगरपालिका-४ बस्ने ३७ वर्षीय हिरा साहलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले को.३१ प ६८१८ नम्बरको मोटरसाइकलले पदैलयात्रीलाई ठक्कर दिई उद्धार गर्ने क्रममा चालकलाई जाँच गर्दा उक्त खैरो हेरोइनसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।    

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकस्थित हार्दिक होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ३ हजार नेपाली रूपैयाँ, २ हजार ६ सय भारतीय रूपैयाँसहित कालिकोट सन्नीत्रिवेणी गाउँपालिका-३ बस्ने ३० वर्षीय अर्जुन देवकोटा र बाँके नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय खिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा वीरेन्द्रनगर नगरपालिका-३ माया कर्णाली होटलको कोठा नम्बर १०२ बाट बाँके नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने २३ वर्षीया सारदा सिंहलाई अवैध लागुऔषध ब्राउनसुगर ११ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । 

झापाकाे मेचीनगर नगरपालिका-१२ स्थित कालिझोडा जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-७ मिया बस्ती बस्ने १९ वर्षीय महमद आरिफलाई प्रहरीले पक्राउ गरेको छ । उक्त जंगलमा लागूऔषध खैरो हेरोइनको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त लागुऔषधको कारोबारमा संलग्न अर्जुनधारा नगरपालिका-११ स्टाफ चौक बस्ने २० वर्षीय प्रदिप दर्जीलाई लागुऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम, मेचीनगर नगरपालिका-१३ बस्ने २८ वर्षीय धन बहादुर महतारा र बिर्तामोड नगरपालिका-१० सैनिक बजार बस्ने २४ वर्षीय सन्दिप लाम्गादेलाई लागूऔषध ब्राउनसुगर ८ सय मिलिग्राम र  भारत दार्जिलिङ खोरिवारी ठाना बस्ने ३२ वर्षीय राजेन्द्र बर्मनलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम र नगद २७ हजार ५० रूपैयाँसहित प्रहरील पक्राउ गरेको हो ।  

धनकुटाकाे साँगुरीगढी गाउँपालिका-७ फेदीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ ग्रामसहित महालक्ष्मी नगरपालिका-४ चानुवा घर भई झापा कमल गाउँपालिका-१ बस्ने ५१ वर्षीय मिन कुमार अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले को.१ ख ७८८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर