ताजा अपडेट »

चिसो हावा पठाम कि !

शनिबार, २७ जेठ २०८०, २२ : ३७
37 Shares

फूलमाया म बुटवलबाट
बिदा भएर
हिड्ने बेला
तिमी धारामा थियौ
उखर्माउलो गर्मी थियो ।
छ्याप्पछ्याप्ति पानीले अनुहार धोईरहेकी थियौ !

गर्मीकै कारण
काठमाडौंबाट छोरो बटौली आएको छैन
गएराति गर्मीले मच्छेर थला परेको थियो
मच्छेरभन्दा म गलेकै थिएँ !

पाल्पा हुँदै गुल्मीको रिडी, रुद्रवेनी पुग्दा
उस्तै गर्मी थियो
जीपभित्र पसिना तरररर
ठूलो लुम्पेक पुग्दा
साँझको तीन बज्दै थियो
कविता सुनाईयो
अबीर लगाईयो
गाउँका कुरा गाउँलेसँगै गरियो
साँझपख
लोक सरकहाँ
कुराको कथा सुनियो ।

आँगनमा बस्दै गर्दा
हावाले कान र नाक सुम्सुमायो
ताता कुरा
चिसो स्याँटले
मन सिरिङ्ग भयो
हो ! फूलमाया
जाडोले मुटु काम्दैछ
तिमी भने
गर्मी थेग्न नसकेर
धारामा ज्यान थाप्दै गरेको फोन गर्छ्यौ !

फूलमाया
तिम्रै सम्झनामा
ठूलो लुम्पेकी
चिसो
एक झोक्का हावा पठाम कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।