ताजा अपडेट »

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा उद्घोषक प्रशिक्षण

शनिबार, १३ जेठ २०८०, २० : ४२
20 Shares
शनिबार, १३ जेठ २०८०
20 Shares

बुटवल । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ईकाई समिति अञ्चलपुरद्वारा आयोजित एकदिने उद्घोषक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

आफनो ब्यक्तित्व विकासका लागि भैरहवा अञ्चलपुर सिआइ चन्द्र ८ मा पथमा रहेको गुरुङ समाज भवनमा कार्यक्रम भएको हो । कार्यक्रममा सहजिकरण गर्दै अध्यक्ष कमानसिंह गुरुङले अहिलेको समयमा हरेक मानिसमा आफ्नो ब्यक्तित्व बिकास हुन जरुरी बताए । साथै कुनै ठाउँमा पनि निर्धक्कसँग बोल्न सक्नु हुनुपर्छ भनेका थिए। कार्यक्रम मा ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मनु गुरुङले प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि तमु ह्युल छोंज धींका नगर अध्यक्ष देबी गुरुङ, कार्यक्रम संयोजक उपाध्यक्ष ऋी सुकमाया गुरुङ कार्यक्रम संचालक, प्रेम बहादुर गुरुङले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।