ताजा अपडेट »

चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका पदाधिकारीलाई

विहीबार, ११ जेठ २०८०, १६ : ५५
16 Shares

काठमाडौं । नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 

सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो ।  सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।