२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले कार्यक्रमको शुभारम्भ गरे ।

Advertisement

कसजुले पछिल्लो समयमा शिक्षण संस्थाहरुमा उद्यमशीलताको बहस हुन थाल्नु सुखद पक्ष रहेको बताउँदै यस प्रकारको अभ्यासले उद्यमशीलता मार्फत दीर्घकालिन रुपमा राष्ट्र र समाजलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । देश विकासमा उद्यमशीलताको विकास अपरिहार्य रहेकोले उद्यमशील बन्नका लागि सरोकारवाला सबैले प्रेरित गर्नुपर्ने बताए । संघका पूर्व अध्यक्ष तथा लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्याय, नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, उद्यम विकास विशेषज्ञ मुकुन्द ज्ञवाली, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समितिका अध्यक्ष धन बहादुर पुन, आइ.क्यु.ए.सी. संयोजक पुनाराम घिमिरे, कर्मचारी संघ इकाई समितिका अध्यक्ष राधा पन्थ सुवेदी लगायतले उद्यमशीलता कार्यक्रम शुभारम्भ भएकोमा शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन काउन्सिलिङ एण्ड प्लेसमेन्ट सेल, लुम्बिनी वाणिज्य क्याम्पसका संयोजक डिल्लीराज गौतमले गरेका थिए । विद्यार्थी तथा प्राध्यापक कर्मचारीका लागि उद्यमशीलता विकास सम्बन्धी छुट्टाछुट्टै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उद्यमशील बन्नका लागि आवश्यक पर्ने सीपहरु तथा तिनको समसामयिक प्रयोगका बारेमा अन्तरप्रेरणा नेपालका कार्यकारी निर्देशक निरज खनाल र कार्यक्रम प्रबन्धक श्रद्धा शाक्यले सहजिकरण गरेका थिए ।

कार्यक्रमबाट प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी बन्न चाहने विद्यार्थीले व्यवहारिक रुपमै व्यवसायिक ज्ञान प्राप्त गर्ने अपेक्षा लिइएको छ । उनिहरुलाई आवश्यक पर्ने प्रारम्भिक लगानी पनि विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा लुम्बिनी वाणिज्य क्याम्पसले प्रदान गर्ने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए । फरक सोचका साथ यस प्रकारको कार्यक्रम शुभारम्भ गरिएको र यसमा विद्यार्थीको चासो र चिन्तन सोही अनुसार रहने उनले विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता