१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरबाट ठूलो परिमाणमा नक्कली महसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ चेकजाँचको क्रममा बुद्धनगरका विभिन्न घरमा डेरा गरी बस्ने भारतीय नागरिकहरुलाई नक्कली महसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

वडा नम्बर ११ का वडा सदस्य नहकुलशाही तथा प्रहरी विट देविनगरको टोलीले लागुऔषध नियन्त्रणका लागि गरेको अनुगमन तथा गस्तीका क्रममा अवैध रुपमा नक्कली मह उत्पादन गरी विक्रि गर्ने गरेको भेटेपछि खान तलासी गर्ने क्रममा ४ क्वीन्टल बढी नक्कली मह फेला परेको थियो । आइतबार विहान पुनः खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जना नगर स्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ भने सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा विर बहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह वरामद भएको हो । उनीहरुको घरमा भारतीय नागरिकहरु भाडामा बसेर मह उत्पादन गर्दै आएका थिए । प्रहरीले खानतालसी गर्ने सूचना पाएपछि शनिबार राती नै घरमा ताला लगाएर नक्कली मह बनाउने भारतीय नागरिकहरु फरार रहेको देविनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए ।

सिर्जना नगरका ७ वटा घरबाट नक्कली मह बरामद गरिएको हो । बुटवलका अन्य ठाउँमा पनि यसरीनै नक्कली मह तयार पारी विक्रि गरिएको हुन सक्ने आशंका गर्दै वडा सदस्य शाहीले थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई आग्रह गरे ।

उनीहरुले मौरीका सडेगलेका चाकालाई चिनिपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको वडा सस्य शाहीले बताए । ‘सडेका मौरीका किरा तथा चाकामा चिनी घोलेर रुपन्देही तथा जिल्ला बाहिर समेत बजारमा पुर्याएर प्रतिकिलो १६ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटियो ।’–शाहीले भने । बरामद गरिएको केही मह बुटवल–११ सिर्जना नगरमै नष्ट कगरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर