१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

६०% अनाथ बालबालिका र ४०% गरिव तथा जेहेन्दार विद्यार्थी  पढ्ने  श्री अंहिसावादी महावाैद्व माध्यमिक विद्यापीठ २०५५ सालमा स्थापना भएकाे थियाे । याे विद्यापीठ नवलपुर जिल्ला, विनय-त्रिवेणी गाउँपालिका वडा नं २, दाउन्नेमा पर्दछ । पहिलाे पटक यसै वर्ष उक्त  विद्यालयबाट  ६ जना विद्यार्थीले  एसईई परीक्षा  दिएका छन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी छन् । त्यसमध्ये एकजना करार, एक जना राहत, एक जना बाल शिक्षा सहयाेगी र एकजना कार्यालय सहयाेगीले सरकारी तलव प्राप्त गरेका छन् भने बाँकी सबै विद्यालयले नीजिस्राेतमा राखेका शिक्षकहरुबाट अध्यापन गराउँदै आएकाे छ ।

Advertisement

यस विद्यालयमा यतिबेला ४१ जिल्लाका १४३ ( छात्र ७९ जना)  जना विद्यार्थी अध्ययन रहिरहेकाे गाेरखा आरुघाटबाट पढाउन आएकी शिक्षक  डिल्लीमाया तामाङले बताईन् । उनले यहाँ पढाउन थालेकाे पनि २२ वर्ष भईसकेकाे रहेछ । एसएलसीसम्म पढेकी उनले विद्यापीठकाे व्यवस्थापन पक्ष र कक्षा समेत लिने गर्छिन् । विद्यापीठमा पढाउनु अघि उनी युएनडीपीमा जागिरे रहेछिन् । आफ्नाे कमाईले भाइबहिनीलाई पढाइ लेखाइ गरी आफू भने बाैद्व शिक्षातर्फ आकर्षित भएपछि आङी भईन् । उनका अनुसार साे विद्यापीठबाट ज्ञान हासिल गरेका विद्यार्थीले  यतिबेलासम्म भारतका विभिन्न विश्वविद्यालयहरुबाट  बाैद्व दर्शनमा आचार्य गरेका रहेछन् । त्यसकाे संख्या दुई दर्जन बढी रहेछ । कतिपय विद्यार्थी काेरिया,चाईना लगायतका देशमा कामकाे खाेजीमा पुगेका छन् ।

स्थानीय पालिकाहरुमा वडा सचिव र सहायक ईन्जिनीयरका रुपमा समेत कार्यरत रहेछन् । वर्षकाे एकपटक मंसिरकाे ओैशीदेखि पूर्णिमासम्म  विद्यापीठ नजिकै रहेकाे बाैद्व गुम्बामा धाञ्याचल पर्व मनाउने परम्परा छ । साेही अवसरमा यसै विद्यापीठमा पढेर देश/ विदेशमा रहनेहरुले सकेसम्म उपस्थित भएर सक्दाे सहयाेग गर्ने चलन समेत रहेछ । गुम्बामा उठेका दानबाट विद्यार्थीले आवासीय रुपमा बसेर भाेजन गर्ने रहेछन् ।

शिक्षकलाई तलवभत्ता दिईने चलन रहेछ । नाै वर्षिया माेनिका तामाङ उत्तरी धादिङ्बाट यही विद्यापीठमा कक्षा ३ मा पढ्न आएकी छिन् । उक्त पीठमा पढ्ने विद्यार्थीले कक्षा तीनदेखिनै बाटनै बाैद्व संस्कृति,संस्कार र त्रिपिटक पढ्नुपर्ने रहेछ । माेनिकालाई उनका बाबाआमाले वर्षमा एकपटक वार्षिक परीक्षापछि घर लैजाने गरि लिन आउँछन् । तर अनाथ विद्यार्थी भने गुम्बामा नै बसेर पाठ गर्दारहेछन् । १४ वर्ष उमेर पुगेपछि भान्सामा पकाउने र भाँडा माँझ्ने डिउटी लाग्दाे रहेछ । एउटा समूहमा पाँचजना विद्यार्थी समाहित हुँदा रहेछन् । उनीहरुले तरकारी काट्न,मसला पिध्न,चामल केलाउन र पकाउन सिक्दा रहेछन् । त्याे प्रयाेगात्मक सिकाईले जीवनाेपयाेगी शिक्षामा सहयाेग पुग्ने प्रधानाध्यापक सानीमाया तामाङले बताईन् ।

विद्यार्थी र शिक्षक सबैलाई विद्यालयले आवास र खानाकाे उचित प्रवन्ध मिलाएकाे रहेछ । यतिबेला भने विदेशी शिक्षकहरुले  भाैतिक रुपमा उपस्थित भएर अध्यापनमा सहयाेग पुराउँदै आएका रहेछन् । स्थानीय पालिका, शैक्षिक सराेकार निकायहरुले सहयाेग गर्दै आएकाे तर कहिलेकाहीँ शिक्षकहरुलाई तलव र विद्यार्थीलाई खाेले खुवाउनु पर्ने अवस्था आउने रहेछ । नेपालमा गाैतम बुद्व जन्मिएका ,उनका ज्ञान संसारभर फैलाउन विद्यापीठमा धेरै विद्यार्थीलाई बाैद्व शिक्षा दिदै सुमार्गतिर उन्मुख गराउनु पर्नेमा शिक्षकहरुकाे जाेड थियाे । अध्ययनशील एवम् बाैद्व शिक्षा पढेका बाैद्वमार्गीकाे अभावका कारण नेपालका कुनाकाप्चामा समेत प्रसार गर्न नसकिएकाे विद्यापीठका गुरुका गुनासा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता