१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

Advertisement

अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ । यसैगरि सदस्यहरुमा प्रशंशा भण्डारी, गणेश नेपाली, माधवेन्द्र यादव, वसन्त चन्द, जगन्नाथ सहानी, धनु गुरुङ लगायत चयन भएका छन् । यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकारितामा रुपन्देहीको गरिमालाई थप उचाईमा पुर्याउने गरि काम गर्न नयाँ कार्यसमितिलाई शूभकामना दिए ।

उनले समाजवादी प्रेस संगठन बिशिष्ट अवस्थामा जन्मिएको बताउँदै यसमा आबद्ध पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यता र मर्यादालाई आत्मसाथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पत्रकार जहिल्यै पनि आलोचनात्मक चेतका साथ आफ्नो कर्ममा क्रियाशिल हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पत्रकारिता नेतामुखी बढि भएको बताउँदै जनमुखी बनाउनुपर्ने बताए । उनले अहिले समाजवादी समाज निर्माणको आवश्यकता महसुस भइरहेको बताउँदै त्यसलाई स्थापित गर्ने गरि पत्रकारहरुको कलम चल्न आवश्यक रहेको बताए । केन्द्रीय सदस्य भट्टराईले माक्र्सको भनाई उदृत गर्दै ‘लेख्नका लागि बाँच्ने की बाँच्नका लागि लेख्ने’ यसको गहिरो अर्थ अनुसार अगाडि बढाउनु पत्रकारिताको चुनौती रहेको बताए ।

अधिवेशनमा समाजवादी प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष ह«दय भुसालले केन्द्रीय महाधिवेशन अगाडि लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरि संगठन निर्माणको अभियानमा खटिएको बताए । उनले रुपन्देही जिल्ला प्रदेशको अगुवाई गर्ने जिल्ला भएकाले नयाँ नेतृत्वले त्यसलाई स्थापित गर्ने गरि काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनले सचिव, कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष शंकर पाण्डेय, सचिव दीपक अनुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतको उपस्थिती थियो ।अधिवेशनको उद्घाटन सत्र विनोद परियारको अध्यक्षता, उषाकिरण पन्थको स्वागत एंव पुनहरि बेल्बासकेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी