Nov 30, 2023
दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमका बिच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा शुक्रवार १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउपालिका वडा न. ३ का अध्यक्ष मिन बहादुर केसीले विकट क्षेत्रमा २०१७ सालमा स्थापना भएको यस प्राथमिक बिधालयमा आएर रोटरी क्लबले गरेको यो सहयोग सर्हानिय भएको बताए ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक बिजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले दुरिले नजिक भए पनि विकट क्षेत्रमा रहेको यो स्कुलमा सहयोग गर्न पाउदा खुशी लागेको बताए । साथै उनले अमेरिकामा बसोबास गरिरहेका आप्रबासी नेपालीहरुको आर्थिक सहयोगमा उक्त सामाग्री हस्तान्तरण गर्न सम्भब भएकोले ती सहयोगी दाताहरुलाई धन्यवाद दिए।
कार्यक्रममा नेपाल राष्ट्रिय प्राथमिक बिधालय व्यवस्थापन समितीका अध्यक्ष देव बहादुर बिक, पुर्व अध्यक्ष वीर बहादुर बिक, प्रधान अध्यापक मिन बहादुर केसी, शान्तिनगर गाउपालिका वडा न. ३ कि सदस्य भिमी नेपाली, रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, वीर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, देव बहादुर केसी, रोटरियन डा भुबनेश्वर भुसाल लगायतले मन्तव्य व्यक्त गरे ।कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष सन्दिपन रिजालले गरे ।
प्रतिकृया दिनुहोस्