१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

भैरहवा । प्रत्येक वर्ष सगरमाथा दिवसका दिन मे २९ मा आयोजना हुने एभरेष्ट म्याराथनको सुरुवातमा प्रज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट बिहीबार सगरमाथा आधार शिविरतर्फ पठाइएको छ ।

Advertisement

एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिशनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति दक्षिण एशियामा म्याराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बौद्ध भिक्षुहरुबाट बौद्ध परित्राण पाठ गरी लुम्बिनी पिस फ्लेम नाम दिईएको शान्ति दीपको ज्योति टर्चलाईटमा प्रज्वलन गरी हस्तान्तरण गरेको हिमालय एक्सपिडिशनका संस्थापक एवं अध्यक्ष बिक्रम पाँडेले बताए । उनले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सगरमाथा सम्म पुर्याइने यो यात्राले यस क्षेत्रलाई नयाँ पहिचान दिलाएको बताए ।

“ओलम्पिक टर्च र ओलम्पिक फ्लेम लिएर दौडिने पहिचान ग्रीस संग गासिएको छ भने अब विश्वमा दोश्रो स्थानको पनि जन्म भएको छ ।” पांडेले भने “यो छैटौं संस्करण हो यसको जन्म भगवान गौतमबुद्धको जन्मस्थलबाट सगरमाथा सम्म भएको छ ।”, उनले यो प्रतियोगिताले संसारको ध्यान तानेको र यसले पर्यटकहरुको आगमनमा सहयोग पुर्याएको बताए । विश्व शान्ति द्धिप अर्थात लुम्बिनी पिस फ्लेम, त्यहाबाट बुद्धजन्मस्थल मायादेबी मन्दिर र पवित्र पुष्करणी कुन्डलाई ७ फन्को लगाई तिलौराकोट तर्फ प्रस्थान गरेका थिए ।

किर्तिमानि धावक बैकुण्ठ मानन्धर सहित खेलाडीहरु बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, रमेश सुनुवार, दिपक लामा, उमेश मानन्धरको टोलीले शान्ति द्धिपको ज्योति लुम्बिनीबाट तिलौराकोटा कपिलबस्तु, सिद्धार्थनगर(भैरहवा) रामग्राम(नवलपरासी), चितवन धादिङ्ग, काठमाण्डौ हुदै मे २९ गते सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधारशिविरमा पुर्याउने छन् ।

म्याराथन सुरु हुनु अघि लुम्बिनीबाट पुर्याईएको विश्व शान्ति दीपको ज्योतिको पूजा गरी म्याराथन सुरु हुने छ । त्यहा स्वदेशी सहित १ सय ७५ बढी बिदेशी धावक र बिभिन्न देशका राजदुतहरुले प्रत्यक्ष रुपमा लुम्बिनीबाट ल्याईएको पिस फ्लेमको दर्शन गर्ने र यो कार्यले लुम्बिनी र सगरमाथा एकापसमा जोडिने अध्यक्ष पाँडेले बताए ।

२०७२ सालको भुकम्पपछि लुम्बिनीबाट शान्ति दीपको ज्योति सगरमाथाको आधारशिबिरमा मे २९ गतेका दिन पुरयाईने गरीएको र बीचमा कोरोना संक्रमणका कारणले एभरेष्ट म्याराथन हुन सकेको थिएन । एभरेष्ट म्याराथन सगरमाथाको आधार शिबिरबाट सुरु भई नाम्चे बजारमा आएर धावक बैकुण्ठ मानान्धरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर