६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पुस २९,

Advertisement

ग्लोबल आवाज

बुटवल । “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव– २०७६ को लागि गेट तथा स्टल निर्माणको काम सुरु भएको छ ।

यही माघ ९ देखि २० गते सम्म सञ्चालन हुने भनिएको दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला राष्ट्रियसभाको निर्वाचनका कारण माघ १० गतेदेखि २१ गतेसम्म हुने तय भएको मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले जानकारी दिए । कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने गरी सञ्चालन गर्न लागिएको मेलाका लागि बुद्ध केवल–भुसाल वायर इण्डष्ट्रिज प्रालि भैरहवाले मुख्य प्रायोजन र यशोधा फुड्स अन्तर्गतको लाली चाउचाउले सह प्रायोजन गर्ने भएका छन् । मेला सम्पन्न गर्न विभिन्न २५ वटा उपसमिति निर्माण गरिएको छ । सबै उपसमितिहरुले जिम्मेवारी अनुसारको कामलाई तीव्रता दिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

रुपन्देहीको मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व तिलोत्तमा नगरपालिका ५ मा आयोजना गरिने मेलामा कुल ३ सय स्टल रहने छन् । जसमा कृषि, पर्यटन, उद्योग, व्यापार, रेष्टुरेन्ट लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । मेलामा सहभागी हुने कृषिका स्टल र संघमा आवद्ध उद्योगी व्यवसायीका स्टलहरुलाई विशेष सहुलियतको व्यवस्था मिलाइएको कोषाध्यक्ष सुरज पंगेनीले बताए । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् । लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्ने गरी पर्यटन क्षेत्रका संभाव्यतालाई मेलामा उजागर गरिने अध्यक्ष भण्डारीले बताए ।

त्यस्तै कृषिलाई आधारशीलाको रुपमा स्थापित गरी एक गाउँ एक उत्पादनको अवधारणालाई मूर्तरुप प्रदान गर्नेगरी कृषिलाई प्राथमिकता दिइएको उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत तिलोत्तमा लोक आईडल, तिलोत्तमा डान्स आईडल, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, श्रीमान श्रीमतीको जोडी नृत्य प्रतियोगिता, विभिन्न जातजातीका लोकनृत्य प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिए । मेलाको संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ रहेको छ भने सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५, तिलोत्तमा नगरपालिका, उद्योग ब्यापार संगठन तिलोत्तमा र तिलोत्तमा ब्यापार संघ रुपन्देही रहेका छन् ।

उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले यस अघि २०७३ सालमा पहिलो पटक मेलाको आयोजना गरेको थियो । तिलोत्तमामा रहेका तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग ब्यापार संगठन र तिलोत्तमा ब्यापार संघले प्रत्येक वर्ष आलोपालो ब्यापार मेलाको आयोजना गर्ने सहमति अनुसार २०७३ मा पहिलो पटक मेलाको आयोजना गरेको तिलोत्तमा उद्योग वाणिज्य संघले यो पटक ‘दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सव–२०७६’ गर्न लागेको वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले वताए ।

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई