ताजा अपडेट »

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

शुक्रबार, १५ बैशाख २०८०, १२ : ४९
47 Shares

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । बिहीबार कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।