ताजा अपडेट »

छैन् खुसि छैन् पैसा !

आइतबार, १० बैशाख २०८०, १४ : २९
8 Shares

साझा यातायातको बस चढि
ठिक २ बजे अन्तर्राष्ट्रिय विमानस्थल पुगे !
कविता
रुनेहरुको आशु
हाँस्नेको जमात
मैले त्यो सपना त देखेको थिएन
तर,
उनीहरूका सपना चाई हतारमा थीए
ढुङ्गै ढुङ्गाले ठडिएको भवनमा
ढुङ्गाको मन बोकी
तपतपआँशु खसाल्दै,
मेरो देश त्याग्ने सपना बुनेको
अमुल्य राजधानीको, अन्जान ठाउँमा
१०,००० ले बनेको अमुल्य राहदानी बोकेर
त्यसभित्रका अमुल्य अक्षर अनि
पूरा हुन नसकेका सपनालाई सफल बनाउन
प्रदेशको यात्रा

आढेस लागू !
गाउँको बिसौनी गाउँमै छुट्यो,
एक्कैछिन आराम खोजु !
चौतारी घरमै छुट्यो,
खुसी किनु !
म सग पैसा त छैन,

हराएको खुसी किन्ने पैसा प्रदेशमा भेटिन्छ रे‘
त्यही खुसि लिन जाँदैछु
यथार्थ यही रहेछ साथी,
तिमी पनि एकपटक
मात्र एकपटक
यो व्यस्त, सहरसँग थोरै समय सापटी माग
अनि विमानस्थल तिर लाग।।।

कोही,
रुदै भित्रिदै जाँदै छन्
कोही हाँस्दै मुस्कान सहित निस्किदैछन् त
कोही हाँस्दै आउदैछन
कोही रुँदै बाहिर जादैछन ।

हाँस्नेहरु खुसियालि साथ रमाउदै छन,
आमाको त्यो प्यारो छोरा आयो
बा को त्यो खुसि आयो
दाजुको भाई आएको,
लामो पखाईमा मिलन हुन,
प्रेमिकाको लागि प्रेम आयो फूलको गुच्छा सजाउँदै गुलियो खुसी।।।

रूनेहरुको लागि,
छोरा आयो, खुसी आयो अरे प्लेनमै आयो
तर
कहिल्यै पनि नफर्केनि गरि आयो
खुसि रुख लड्यो, गाउँको पिलर ढल्यो
आमाले कपडा राख्ने बाकसमा छोरो आयो।

अब साहुको ऋण तिर्ने कसरी रु
छोराको कोठामा, आमा बा जाउन कसरी ?
छोरा मर्यो, खुसी रित्तियो,
आँशु सक्कियो, लास आयो
किनकि छोरा जिद्दी थियो।।।

आमा कराईरहेकी छिन्,
बा कराई रहेका छन ,
गाउँ रोएको छ
उफ१
तर,मेरो सरकार मौन छ,
कानमा तेल राखेको छ,
देखेको छैन अन्धो छ,
सुनेको छैन बैरो छ,
लाटो भैसक्यो बोल्न सकेको छैन
बोलीहाल्यो भने
सक्नेले गर नसक्ने मर

सरकार तँ सधैं मौन बस् है ‘।।
म मरेर आउँछु
अनि आमा रुन्छिन्
बा रुने छन,
गाउँ रुने छ,
निर्दोष आत्मा रुने छ,
के थाहा,तिनको आँशुले
तेरो मनलाई पग्लि पो हाल्छ कि !

ए सरकार किन बोल्दैनस् के‘?
एकपटक त बोलिदे
सोध् न ती आमालाई, दुःख
सोधलाई बा लाई पीडा
एक्कैपटक ती अभाव बुझिदे सरकार

जवान छोरा मर्यो
आमा त बाँचून्,
बा लाई साहस मिलोस
एउटा दुःख निको हुने गोली त दे सरकार !

अब म विश्वस्त छु,
यो ठाउँ कुनै मजदुरले बनाएका रहेनछन्,
आँशुले चारिएको, अभावले उभिएको रहेछ नी‘‘

सक्कीएको शरीरसँग
आशाको भलाकुसारी गर्दै,
मरेको लासलाई कोट्याउँदै कोट्याउँदै
आमा भन्छिन्,
बाबु तैंले त हाम्रो रित्तिनलागेको खुशी
भित्राउन गएको थिइस्,
बरु दुस्खै सहुला
ए बाबु अब त उठ न
मलाई नौगेडी चाहिँदैन के छोरा !

एक्कैचोटी उठेर
यी जिउँदा छोरा लाई
शुभ यात्रा भनिदे न बाबु ।।।।।

खिन्न मन बोकेर,
सपनाको झोला भिर्दै
म पुनः आफ्नै कोठा तर्फ तिर लागे !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।