१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

भैरहवा । नेपाल–भारतको खुल्ला सीमाको फाईदा उठाउदै कृषि एवम पशुजन्य अवैध कारोबार गर्दै आएका कारोबारीहरु प्रति स्थानिय प्रशासन एकवद्ध भएको छ । सीमावर्ती जिल्लाहरुमा भारतबाट माछा, मासु लगायतका कारोबार गर्न नदिन रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र कपिलवस्तुका सरोकारवाला निकायले ऐक्यवद्धता जनाएका छन् ।

Advertisement

पछिल्लो समय भारतबाट अवैध रुपमा पशुजन्य कारोबारमा यी तिनवटै जिल्लाले कडाई गरेको छ । गएको तीन महिनामा रुपन्देहीमा ६ हजार १ सय २०, कपिलवस्तुमा १ हजार ५ सय गरि ७ हजार ६ सय २० वटा कुखुराको चल्ला नष्ट गरिएको छ । यस्तै भारतबाट अवैध रुपमा ल्याउदै गरिएको ब्रोईलर कुखुराको मासु रुपन्देहीमा १२ हजार ७ सय ३२ किलो, कपिलवस्तुमा २ हजार ७ सय २४ किलो र नवलपरासीमा ११ हजार ९ सय ७ किलो गरि जम्मा २७ हजार ३ सय ६३ किलो नष्ट गरिएको छ । यस बाहेक १ हजार ७ सय ७५ किलो माछा, १ हजार ६ सय ५० वटा सेतो अण्डा, ५० किलो सिद्रा माछा र २ सय ३० किलो बंगुरको मासु नष्ट गरिएको पशु क्वारेन्टाईन कार्यालय भैरहवाका वरिष्ठ पशु चिकित्सक भक्त न्युरेले बताए ।

सीमावर्ती जिल्लाहरुमा यस्ता पशुजन्यको कारोबार गर्न नितिगत समस्या रहेको औल्याउदै कानूनी रुपमै तस्करहरुमाथि कडाई गर्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ब्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । शनिबार भैरहवामा आयोजना भएको अन्तर जिल्ला समन्वय बैठकमा पशुजन्य चोरी निकासी नियन्त्रण गर्न ३ बुँदे निर्णय भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार सीमावर्ती क्षेत्रवाट कुखुरा, चल्ला, माछा, मासु, अण्डा लगायतका पशुजन्य उपजहरु चोरी निकासी हुन सक्ने सम्भावनालाई मध्येनगर गर्दै सूचना संयन्त्रलाई चुस्त दुरुस्त बनाउने निर्णय भएको छ । यसको लागि यस क्षेत्रका व्यवसायीले पाएको सूचना यथासिघ्र सुरक्षा निकायलाई उपलब्ध गराउने, प्राप्त सूचनालाई विश्लेषण गरी सुरक्षा निकायले चोरी निकासी पूर्ण रुपमा नियन्त्रणमा लिने निर्णय भएको पाण्डेले बताए ।

तीनवटै जिल्लामा दशगजा संगै जोडिएर बैधानिक रुपमा सञ्चालनमा रहेका कतिपय फर्महरुबाट नै अवैध कारोबार हुने गरेको बताउदै यस्ता फर्महरुमा सुरक्षा निकायले निगरानी बढाउने निर्णय भएको छ । यसको लागि सिमावर्ती क्षेत्रमा सञ्चालनमा आएका कुखुरा फर्म, माछा पोखरी लगायतका व्यवसायमा रहेका कुखुरा र माछाको विवरण, खरिद विक्रीको विवरण लगायतका विषयमा दैनिक अभिलेखन गर्न लगाउने प्रशासनले निर्णय गरेको छ । यसको लागि सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा  आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृतस्तरका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि र सम्बन्धित व्यवसायीको प्रतिनिधि सम्मलित टोली रहनेछ ।

तीन जिल्लावाट हुन सक्ने चोरी निकासीको सुक्ष्म रुपमा अनुगमन गर्न, विवरण अध्यावधिक गर्न, नियमित प्रतिवेदन दिने प्रयोजनका लागि पशु क्वारेन्टाईन कार्यालयका प्रमुखको संयोजकत्वमा कार्यदल समेत गठन गर्ने निर्णय भएको पाण्डेले बताए ।  ब्यवसायी र सुरक्षा निकायको सहकार्य भए मात्र पशुजन्य चोरी तस्करीमा नियन्त्रण हुने बैठकले निर्णय गरेको हो । भारतीय मासु र कुखुराका चल्लाहरुबाट नेपाली ब्यवसायीहरु पिडित रहेको कारण यसको नियन्त्रणमा सहकार्य गर्ने उनिहरुले प्रतिवद्धता जनाएका छन् ।

अन्तर जिल्ला समन्वय बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशी, शसस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खडका, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक सुमन बैध सहभागी रहेका थिए । यस्तै तीनवटै जिल्लाका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान प्रमुखहरुको पनि बैठकमा सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप