७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

‘घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन् , नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो , प्रजा मोटा भया,दरबार बलियो हुुन्छ ।’ यस्ता महान, सान्दर्भिक र महत्वपूर्ण भनाई केवल वाणी थिएनन् । यि त राष्ट्र निर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहका सिद्धान्त र रणनीति पनि थिए र आजपनि त्यत्तिकै महत्वपूर्ण र आवश्यक छन् । आज २९८ औं पृथ्वी जयन्ती अर्थात् नेपाल एकिकरणका नायक तथाच अभियन्ता पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्ती । १८ औं शाताब्दीमा वृटिश सम्राज्यवादको विस्तारको प्रतिकारसँगै राष्ट्रिय एकिकरणका योद्धा तत्कालिन गोर्खाका राजा पृथ्वी नारायण शाहको जीवनी पढेका जोकोहीलाई पनि उनको दिगो सोँच, रणनीति, साहसबारे जानकारी हुन्छ । सामाजिक शिक्षा वा इतिहासमा प्राचिन समयमा नेपाल बाइसे÷चौविसे राज्यमा विभाजित थियो भन्ने लिखित पाठ अझै पनि छन् । र, ति बाइसे चौविसे राज्यहरुलाई एकताबद्ध गर्ने अभियानमा तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाह लागेका थिए । टुुक्रिएर वा छरिएर रहेका बाइसे–चौबिसे राज्यहरुप्रति वैदेशिक हस्तक्षेप तथा आक्रमण हुने आशंकामा उनले सो अभियान चलाएका थिए।

Advertisement

स–साना राज्यहरु हुुँदा कमजोर हुने र कमजोरीको फाइदा दुस्मन वा छिमेकीले लिन सक्ने संकेतलाई मध्य नजर गर्दै उनले अभियानलाई तिव्रता दिएका थिए । उनको राज्य र समयमा उनले धेरै साना–साना राज्यलाई एकिकृत गरी वृहत नेपालमा परिणत गरेका थिए । उनको सो अभियान र योगदानलाई कदर गर्दै हरेक वर्ष उनको जन्मिएको दिन अर्थात पौष २७ गते राष्ट्रिय रुपमा नै पृथ्वी जयन्ती मनाउँदै आइएको थियो । तर, राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयसँगै सो दिवशलाई औपचारिक रुपमा हटाइएको छ । यसरी राज्य एकिकरणका नायक, अभियान्ता , एकताका प्रतिक पृथ्वी नारायण शाहको जन्मजयन्ती दिवश क्यालेन्डरबाट औपचारिक रुपमा हटाएपछि उनको योगदनलाई सम्झनेहरु रुष्ट हुँदै आएका छन् । पथ्वी जयन्तीका दिन वा अघि र पछि मात्र यस दिवशले निकै चर्चा पाउने गर्दछ । धेरैजसो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने उनको योगदानले नै आज नेपाल रहेको कुराले व्यापकता पाउँछ । त्यसैगरी केहीले उनी एक क्रुर शासक, भौगोलिक तवरले एकिरण गरेपनि भावनात्मक रुपमा उनले एकता कायम नगरेको जस्ता विष्लेषणहरु पनि गर्छन् ।

त्यति मात्र होइन उनले जनजाती र दलितलाई प्रयोग गरेको , उनका सेनाले किर्तिपुरमा अमानवीय व्यवहार गरेको समग्रमा उनले आफ्नो स्वार्थ र शक्तिका लागि ठूूला राज्य निर्माणगरी राज्य गर्ने स्वार्थमा एकिकरण गरेको भन्दै हल्का तवरले लिने र विरोध गर्नेहरु पनि देखिन्छन् । ति आरोप,विरोध सही होलान् तर, एउटा सत्य आजको सिङ्गो नेपाल हो । तत्कालिन अवस्था एउटा इतिहास हो । त्यसपछि पनि नेपालमा विभिन्न आन्दोलन र युद्ध भएका छन्।राजतन्त्र, पञ्चायत, बहुदल , गणतन्त्रमा विभिन्न आन्दोलन र युद्ध भएका छन् । ति आन्दोलन र युद्धमा धेरैले शाहदत प्राप्त गरेका छन् । ति युद्धका सहभागी, नेतृत्व गर्नेहरु आजपनि सम्मानजनक तवरले सत्तामा रहेका छन् । तर, सिङ्गो मुलुुक निर्माण गर्ने पाठय्क्रमले नै राष्ट्र निर्माता उल्लेख गर्दे आएका पृथ्वी नारायण शाहलाई उग्र र क्रुर भनेर उपेक्षा गर्ने, उनको योगदानलाई भुल्ने ? हामीले देखेको १० वर्षे जनयुद्धमा हजारौंले ज्यान गुमाए । त्यसैगरी पछिल्लो वृहत आन्दोलन ०६२÷६३ को आन्दोलनमा पनि धेरैले शाहदत प्राप्त गरे । राजतन्त्र हटाएर गणतन्त्र ल्याउनका लागि भएको आन्दोलनमा राज्यबाट दबाउने प्रयास भएकै हो । शान्ति सम्झौतापूूर्व पनि आन्दोलनकारी र राज्यबाट मानव अधिकार हनन भएकै हो ।

तर, राज्य एकिकरणको अभियानमा भएका कमी कमजोरीलाई औँल्याएर पृथ्वी नारायण शाहको योगदानलाई बिर्सनुु इतिहास बिर्सनुु हो । तसर्थ हरेक वर्ष आउने पृथ्वी जयन्ती मनाउनै पर्छ भन्ने छैन । तर, राज्य एकिकरणका अभियान्ता,एकताका प्रतिक,दूूरदर्शी र भ्राष्टाचार विरोधी पृथ्वी नारायण शाहलाई एक दिन सम्झँदै एकतालाई कायम गर्ने अभियानमा सबै लाग्नुु पर्दछ । गोर्खाका तत्कालिन राजा पृथ्वी नारायण शाहको एकताको सन्देश र नीति आजपनि त्यति नै सान्दर्भिक रहेको छ । उनले भने जस्तै आजपनि घुुस लिने र दिने दुबै राष्ट्रका शत्रु बनेका छन् । त्यसैगरी नेपाल विभिन्न जात–जातीको साझा फूलबारी बनेको छ । प्रजा सुखी र समृद्ध भएमात्र राज्य बलियो हुन्छ भन्ने उनको सोँच आज कार्यान्वयनको आवश्यक छ । हाल सगौरव नेपाल भन्ने अवसर प्रदान गर्ने राष्ट्रिय एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको योग्दानको कदरसँगै उनका उपदेश व्यवहारमा उतार्न आवश्यक छ। तसर्थ वर्तमान समयमा राज्यको नेतृत्व गर्ने शासकले उनका नीति र उपदेशलाई मनन गरे समृद्ध नेपाल सुखी नेपाली नारा मात्र होइन । यसले चाँडैनै सार्थकता पाउँछ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल