१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

पुस २७,

Advertisement

ग्लोबल अवााज

बुटवल । नेपाल टेलिभिजनको प्रस्तुुती र कि एडभरटाइजिङ्गको व्यवस्थापनमा सञ्चालित गायन प्रतियोगिता ‘नेपाल स्टार’को अडिशन जारी छ। सातै प्रदेशबाट गायन प्रतिभाको खोजी गर्ने अभियान अन्तर्गत प्रतियोगिताको लागि हालसम्म तीन प्रदेशका तीन शहरमा अडिशन सम्पन्न भएको छ । हामी नेपाली,हाम्रो आवाज’ नारासहित वाइवाइ नेपाल स्टारको अडिशन बुटवल लगाएत धनगढी र सुर्खेतमा सम्पन्न भएको छ भने आगामी अडिशन पोखरामा हुँदैछ ।

पुस १९ गते शनिबार बुटवल स्थित कालिकामानव ज्ञान माविको प्राङ्गणबाट सुरु भएको अडिशनको चरणमा प्रतियोगिताका निर्णायक गायक रामकृष्ण ढकाल,संगितकार आलोकश्री लगाएतको सहभागिता रहेको छ । १६ देखि ४५ उमेर समूूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुुल्ने परिचयपत्र सहित दुुई ओटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापक कि एडभरटाइजिङका निर्देश दिनेश पोखरेलले जानकारी दिए ।देशभरबाट गायन प्रतिभा छनौट गरी प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गरिएको एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल(शशी)ले बताए ।

करिब ६ महिनासम्म प्रतियोगिताको अडिशन अब क्रमशःपोखरा,चितवन,बर्दिवास र इटहरीमा हुनेछ । नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु.३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । हालसम्म सम्पन्न भएका अडिशनमा उत्साहजनक सहभागितासँगै प्रतिभाशाली प्रतियोगीहरु छनौट भएका कि एडभरटाइजिङका बजार व्वस्थापक दिनेश पोखरेलले बताए

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली