ताजा अपडेट »

बुटवलसहित देशभरका स्टोरमा भाटभटेनीको नयाँ वर्ष विशेष अफरः ४० प्रतिशतसम्म छुट

शुक्रबार, २४ चैत्र २०७९, १५ : ४९
30 Shares

बुटवल । मुलुककै ठूलो चेन सुपरस्टोर संचालन गरिरहेको भाटभटेनीले देशभरका आफ्ना सबै स्टोरमा नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकलाई छुटको अफर ल्याएको छ । भाटभटेनीले नव वर्ष २०८० को अवसरमा खाद्यन्य, कपडा, इलेक्टोनिक्स समान लगायतमा १० देखि ४० प्रतिशतसम्म छुटेको व्यवस्था गरेको व्यवस्थापक विनोद भट्टराईले बताए ।

No description available.

भाडाकुडा, बच्चाका खेलौना, रेडिमेड कपडा,जुत्ता र ग्रोसरीका विभिन्न समानमा १० प्रतिशत, ब्राण्डेड जुत्ता, कपडा,कुर्था, सुरुवाल, साडी, टिसर्टमा १५ प्रतिशत, र इलेक्ट्रोनिक सामग्रीहरूमा २० प्रतिशतसम्म छुट रहेको उनले बताए । यस्तै एलजी, सिजि कम्पनीका टिभीमा ४० प्रतिशतसम्म छुट रहेको समेत व्यवस्थापक भट्टराई बताए । छुट यहि चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म कायम रहने उनले बताए ।

भाटभटेनीका काठमाडौं उपत्यकामा १३ सहित देशभर २४ वटा स्टोर छन् । भाटभटेनीले हरेक चाडपर्वहरुमा पनि विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ ।

No description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।