१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

प्रेरणा वासफोर
कठमाडौं। चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।  

यसैगरी, सेयर बजार सोमबार पनि घटेको हो । सोमबार नेप्से परिसूचक १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो । सोही दिन कारोबार रकम पनि घटेको थियो । आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो । यसैगरी, साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो । उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन । मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

यता बुधबार भने सेयर बजारमा केही राहत मिलेको थियो । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो । तर, त्यसदिन सेयर बजार बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो । कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो । यसदिन ९२ करोड भन्दाबढी रकमको सेयर कारोबार भएको भएको हो । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली