१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

युएई । युएईबाट नेपाल पैसा पठाउँदा एक नेपालीले रुपन्देहीमा एउटा घर उपहार पाएका छन् । युएईको इण्डेक्स एक्सचेन्ज मार्फत परिवारलाई सिद्धार्थ बैंकको सिद्धार्थ रेमिटबाट पैसा पठाउँदा उनलाई एउटा घर उपहार परेको हो । सात महिना पहिले युएई आएर एउटा कन्स्ट्रकसन (नीर्माणाधिन) कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका रुपन्देही सिद्धार्थनगरका नुरुद्दिन चुरिहारले घर उपहार पाएका हुन् ।

Advertisement

दुबईको जबिलअली स्थित इन्डेक्स एक्सचेन्जको शाखाबाट पैसा पठाउँदा उनलाई उपहार स्वरुप नेपालमा एउटा घर उपहार परेको हो । सोमबार (अप्रिल ३ मा ) गरिएको लक्की ड्र अन्तर्गत नुरुद्दिनले एउटा घर पाएका हुन। एक्सचेन्जको यो तेस्रो लक्की ड्र हो । यस अघि एक पाकिस्तानी र एक बङ्लादेशी नागरिकले एक एक घर पाइसकेका छन् । अब अप्रिल २६ मा अन्तिम लक्की ड्र गरिने इण्डेक्स एक्सचेन्जले जनाएको छ ।

रुपन्देहीका चुरिहारले गएको महिना ३ हजार ६ सय रुपैया इण्डेक्स एक्सचेन्ज मार्फत सिद्धार्थ बैंकको सिद्धार्थ रेमिटमा आफ्नो परिवारलाई पैसा पठाएका थिए । उपहार स्वरुप पाएको घर नेपालमा सम्बन्धित जिल्लामा रियल स्टेट मार्फत खरिद गरेर प्रदान गरिने छ । एक्सचेन्जले दिएको उपहार घरको सट्टा घरलाई पर्ने बराबरको पैसा पनि लिन सकिने सिद्धार्थ बैंकका युएई प्रमुख नबिन पौडेलले जानकारी दिए ।

इन्डेक्स एक्सचेन्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि गएको फ्रेबुअरीबाट अप्रिल २६ तारिखसम्म युएईका कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनाैट गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली