५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

पुस २६,

Advertisement

बुटवल । नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा ओम जैसी निर्वाचित भएका छन् । उनी काशी सिनेप्लेक्स प्राली सिद्धार्थनगर रुपन्देही र मन काशी सिनेप्लेक्स प्रालि घोराही दाङका अध्यक्ष समेत हुन् । नेपाल चलचित्र संघको शुक्रबार काठमाडौमा सम्पन्न ४६ औँ साधरणसभाले जैसीलाई लाई पश्चिमाञ्चल सभापतिमानिर्वाचित गरेको हो । संघले मधुसुुदन प्रधानको नेतृत्वमा १६ सदसीय नेपाल चलचित्र संघको केन्द्रिय समिती गठन गर्दै पूर्वाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल र काठमाडौ शाखा गठन गरेको हो ।

यस्तै नेपाल चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान निर्वाचित भएका छन् भने सदस्यहरुमा अर्जुन श्रेष्ठ,अशोक शर्मा,कपिल प्रसाद द्वा,देवेन्द्र खडगी,कुवेर शर्मा,निरज कार्की,निरज गुप्ता,भाष्कर ढुंगाना,गोपाल काजी कायस्थ,त्रिरत्न मानान्धर,कैलाश ढकाल,विक्रम पराजुली,गोबिन्द शाही निर्वा्चित भएका छन् । त्यसैगरी पुर्वान्चल सभापतिमा चैतन्य बराल ,उपत्यका सभापतिमा मदन मान बज्राचार्यर मध्य सुदुरपश्चिमाञ्चल सभापतिमा डाक्टर सिं गुरुङ निर्वाचित भएको पश्चिमान्चल सभापति ओम जैसीले बताए ।

नवनिर्वाचित पश्चिमाञ्चल सभापति जैसीले पश्चिमाञ्चल क्षेत्र भित्रका सिनेमा हल संचालकहरुसँग हातेमालो गर्दै अघि बढ्ने भन्दै यो जित र जिम्मेवारी पश्चिमाञ्चलका सबैको भएको बताए। नेपाल चलचित्र संघले दिएको जिम्मेवारी पुरा गर्न आफुले सदैब प्रयास गर्ने बताए । साथै उनले चलचित्र संचालनमा योगदान दिंदै आएका साना ठुला सबै सिनेमा हलहरुको हक हितमा सदैब लागि पर्ने बताए ।

संघका अध्यक्ष प्रदिप कुमार उदयको अध्यक्षतामा विहिबार र शुक्रबार काठमाडौंमा भएको संघको साधारणसभामाको उद्घाटन सूचना,संचार तथा प्रविधिमन्त्रि गोकुल बास्कोटाले गरेका थिए । कार्यक्रममा प्रतिनिधि, बितरक, र हलवाला गरी २ सय प्रतिनिधीको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ