२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि रुपन्देहीमा शुक्रबमरदेखि ३ दिने कार्यशाला हुँदै छ। सिद्धार्थनगर स्थित होटल एशियन बुद्धमा शुक्रबार दिउँसो समुद्घाटन हुने कार्यशालाको लागि आमन्त्रितहरुको आगमन हुने क्रम जारि रहेको कार्यशालाका संयोजक चलचित्र निर्माता, निर्देशक तथा लेखक बिमल पौडेलले बताए।

Advertisement

चैत्र १७, १८ र १९ गते लुम्बिनीमा हुने ३ दिने कार्यशालालाई भब्य रुपमा सफल पार्न सबै पालिका, पर्यटन ब्यबसायी, होटल ब्यबसायी, लुम्बिनी बिकाश कोष, चलचित्र पत्रकार संघ रुपन्देहीसंगको सहकार्यले अझै उत्साहित बनाएको उनले बताए। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकीय क्षेत्र, समग्र लुम्बिनी प्रदेशको बिकास र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो कार्यक्रमको खाँचो रहेको संयोजक पौडेलले बताए ।

कार्यशालाका लागि चलचित्र पत्रकार संघ रुपन्देहीले चन्द्र सुर्य सिनेमासँग सम्पूर्ण संयोजन गरेको छ। देशभरिका ८ शाखाका चलचित्र पत्रकार नेपालका वरिष्ठ कलाकार सहित स्थानीय पालिकाका प्रतिनिधि, कलेजका विद्यार्थी लगायत चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले बताए। कार्यशालामा चलचित्र निर्माण, जीबनीमा आधारित चलचित्रको ईतिहास र वर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद, पटकथा, पत्रकारिता सम्बन्धी विशेष कक्षा नि:शुल्क रहने अध्यक्ष न्यौपानेले बताए।

कार्यशालाको शुक्रबार होटल एशियन बुद्धमा दिउसो १ बजे नेपाल सरकारका संचार, सूचना तथा प्रबिधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सो उद्घाटन कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सुपरस्टार अभिनेता भुवन केसी, अभिनेता सुनिल थापा, निर्देशक तथा लेखक राजेन्द्र सलभ, चलचित्र पत्रकार संघ नेपालका अधय्क्ष समिर बलामी, विभिन्न शाखाका प्रतिनिधी, पालिका प्रमुख तथा प्रतिनिधी र यसक्षेत्रका चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने कार्यक्रमका अध्यक्ष किसान पोख्रेलले बताए।

कार्यशालाको उद्घाटनपछि २ दिनसम्म कार्यशाला लुम्बिनीमा चल्नेछ। कार्यशालाको सहयोगीमा नेपाल पर्यटन बोर्ड, चलचित्र बिकास बोर्ड, चलचित्र पत्रकार संघ रुपन्देही, लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी बिकास कोष लगायतका रहेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री अफगानिस्तानका ८० छात्रालाई दिईयो बिषाक्त खाना, अस्पतालमा भर्ना