ताजा अपडेट »

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बुधबार, १५ चैत्र २०७९, १७ : २०
4 Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बिहान एक चरण छलफल गरेर विनानिष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत १० दलका शीर्ष नेता सहभागी छन्। दलहरू कसले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेमा सहमति हुन सकेको छैन। आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।