ताजा अपडेट »

क्रिकेटर कुशल र देवलाई बुटवलको अक्सफोर्ड कलेजले गर्यो सम्मान

आइतबार, १२ चैत्र २०७९, १६ : ५४
4 Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल र देव खनाललाई बुटवलको अक्सफोर्ड माविले सम्मान गरेको छ । कुशल सम्मिलिन सिनियर तर्फका राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको छ । यसैगरी अन्डर १९ का क्याप्टेन खनालले नेतृत्व गर्दै आगामी सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेलका लागि छनोट भएको छ ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, विरू क्षेत्री, धर्म पौडेफ, राजकुमार पाण्डे तथा सञ्चालक समिति सदस्य नवराज पङ्गेनी लगायतले भुर्तेल तथा खनाललाई जनही नगद १५००० हजार, मेडल तथा प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले आफ्नो संस्थाका पुर्व विद्यार्थी भुर्तेल र खनालले खेल क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । तिलोत्तमा नगरपालिकामा घर भई कक्षा ११ र १२ अक्सफोर्ड माविमा पढेका भुर्तेल र अर्घाखाँची घर भइ कक्षा ११ र १२ पढेका देव खनालले विद्यालय तहमा पनि उत्कृष्ट प्रर्दशन गर्ने गरेको स्मरण गर्दै नेपाललाई समेत अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा प्राध्यापक सुमन भुसालले बधाई तथा उज्ज्वल भविष्यको कामना गरे ।

सो अवसरमा बोल्दै कुशल भुर्तेल तथा देव खनालले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा अक्सफोर्डको ठूलो योगदान रहेको उल्लेख गरे । अक्सफोर्डका गुरु गुरूआमाले दिएको शिक्षा र प्रेरणा नै सफलताको विन्दु रहेको बताउँदै उनीहरुले सम्मानले अझ जिम्मेवार बनाएको धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।