ताजा अपडेट »

मेरो देश

शुक्रबार, ०३ चैत्र २०७९, १३ : १९
224 Shares

वीर गोर्खालिको देश भनेर चिनिने मेरो प्यारो देश
आज कायरको भनेर चिनिन थालेको छ
गर्व लाग्थ्यो नेपालकी छोरी हु भन्न तर
मेरै इज्जतको सुरक्षा नभएको देश कि
छोरी हु कसरी भनौ अब ???

नेपाल आमा तिमी कति रोयौ होला
तिम्रा सन्तानहरुले नै तिमिलाइ बेच्दै छ
तिमिलाइ कति पीडा भयो होला
तिम्रै सन्तानहरुले नै तिम्रो मोल गर्दै छन

आखा रसाए होलान ती शहिदका
जस्ले देश बचोस भनेर आफ्नो बलि दिए
कति रोयो होला तिनको आत्मा
परिवार भन्दा प्यारो देशलाइ मानेर
अन्तिम सास सम्म लडेर देशलाइ बचाए।।

कति स्वार्थी बन्दै छन मान्छेहरु
देश डुबे डुबोस तर आफुले
ठाउठाउमा घर बनाउनै पर्यो
सक्षम होस या नहोस, तर
ठाउँमा आफ्नो मान्छे हुनै पर्यो।।

जागिर खान पढेर मात्र हुदैन साथी
मेरो देशमा तिमिसङ्ग पैसा हुनुपर्छ
यदि पैसा छैन भने ठाउँमा
आफ्नो मान्छे हुनुपर्छ

तिमी अब्बल भएर हुदैन साथी यहाँ
भलै तिमिलाइ केही नआओस तर
तिमिसङ्ग टन्न पैसा छ भने
डिग्री नि किन्न सक्छौ यहाँ
जतिसुकै ठूलो अपराध गर तिमिले
खुलेआम जतापनि हिन्न सक्छौ यहाँ।।।

के आशा गर्नु मैले यहाबाट
यो मन देशकै चिन्ता अनि फिक्रीमा छ
मलाइ भन्नू छैन म नेपाली हु भनेर सक्छस भने
किनिदे हे सरकार मेरो नागरिकता बिक्रीमा छ।।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।