१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

Advertisement

खोटाङ ।  प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो । पहिचानको आधारमा नामाकरण गराउनका लागि दवाव सिर्जना गर्न गठित प्रदेश १ पुःन नामाकरण संयुक्त संघर्ष समितिको आह्वानमा जिल्लामा बन्द  गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए । 

संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् । सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरातचोकमा सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरातचोक र अल्छेढुंगास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् । यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् । 

बन्दकर्ताले दिक्तेलबजारका पसल समेत बन्द गराएका छन् । बजार बन्द गराउन बन्दकर्ताको एक टोली खटिएका थिए । दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभाव परेको छ । दिक्तेल बाहिरका शैक्षिक संस्थामा भने आंशिक प्रभाव परेको छ । साविकको सदरमुकाम दिक्तेलको तुलनामा अन्य ठाउँमा बन्दको प्रभाव कम देखिएको छ । प्रदेशको नामाकरण सच्याउन र पुःन नामाकरणको मागमा पहिचान पक्षधर पार्टी तथा जातीय संघसंगठनले बन्द आव्हान गरेका हुन् । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गर्नका लागि दवाव सिर्जना गर्न बन्द आव्हान गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । प्रदेशको पुःन नामाकरणका सन्दर्भमा खोटाङमा जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल जनजाति युवा संघ, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदवु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ राई खाम्वातिम, किरात साम्पाङ राई जुम्लेखा र किरात राई फन्सिकिमले संयुक्त संघर्ष थालेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली