७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा व्यवसायदेखि नागरिकको स्वास्थ्यमा ठूलो असर पुगेको प्रभाबितहरुले बताएका छन ।सामाजिक परिवर्तन केन्द्रले बुटवल उपमहानगरपालिका ११ का बिकास आयोजनाको अवस्थाका बारेमा आयोजना गरेको संबाद कार्यक्रममा बोल्ने सहभागीहरुले रोकिएका आयोजनाहरु तत्काल सम्पन्न गर्न आग्रह गरेका हुन् ।

Advertisement

उनीहरुले बुटवलको सडकले व्यवसाय मात्रै नभई नागरिकको स्वास्थ्यमा गम्भीर असर पारेको बताए । संबादमा बोल्दै सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी तथा इन्जिनियर महेश्वर लम्सालले संघिय एकाईले ठेक्का लगाएका योजनाको बजेट शिर्षक भने प्रदेश सरकारमा पारिएपछि अन्यौलता श्रृजना भएको बताए । उनले योजनाको ठेक्का देखि कार्यन्वयन सम्मको जिम्मेबारी संघ , प्रदेश र स्थानीय मध्ये कुनै एक तहको सरकारलाई दिने हो भने समस्या समाधान हुदै जाने बताए । अहिले कतिपय आयोजनाहरु बजेट अभावको कारणले र कतिपय निमार्णको काम ठेक्केदारको लापरबाहीका कारण समयमै सम्पन्न हुन नसकेको बतए।

बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वडा भित्रको सडक निर्माण छिटो सम्पन्न गर्नुको बिकल्प नभएको भन्दै वडाबाट गर्नुपर्ने काममा आफुले सक्दो प्रयास गरिरहेको बताए । बाटो निर्माण सहयोग समितिका अध्यक्ष घनश्याम पाण्डेले रंगशाला मार्ग निर्माणमा भएको चरम लापरबाहीका कारण दुर्घटना बढेको , आवतजावतमा समस्या भएको , धुलोका कारण व्यबसाय देखि मानवस्वास्थ्यमा समेत गम्भीर असर पुगेको बताऐ । टोलबिकास संस्थाका सीता भटराईले सडक निर्माणमा नगरपालिका गम्भीर नभएको बताइन् । यस्तै व्यवसायी छबिलाल पाण्डेले सडकको कारण व्यवसायी पलायन हुनुपर्ने स्थिति रहेको बताए ।

बिकास तथा प्रकोप व्यबस्थापन केन्द्रका अध्यक्ष ताराप्रसाद काफ्लेले ठेक्का पटटा बाटै राजनीति सुरुहुने र अनुगमन समितीमा राजनैतिक दलका व्यक्तिहरु नै हुने हुँदा जनताका गुनासोको सम्बोधन नहुने गरेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले बिकास निर्माणका क्रममा हुने द्धन्दलाई समाधान गर्दै समय मै आयोजना सम्पन्न गर्नका लागि दवाव श्रृजना गर्न सरोकारवालाहरु बिचमा संबादको भूमिका अहम हुने बताएका हुन्।

कार्यक्रममा संबाद सहजकर्ताहरु हुमराज भुसाल , समिक्षा बलाल र प्रेम परियारले सहजीकरण गर्नुभएको थियो । सो अबसरमा जनप्रतिनिधि, व्यवसायी, टोल विकास समितीका पदाधिकारी, विभिन्न सँघ संस्थाका प्रतिनिधि,सञ्चारकर्मी र स्थानीयको सहभागीता रहेको थियो । २०७६ सालमा दोश्रो पटक ठेक्का सम्झौता भएको रंगशाला मार्ग समय मै पुरा नहुदा सास्ती भोग्नु परेको भन्दै स्थानीय बासिन्दाले फागुनको १६ गते बुटवल ११ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल