ताजा अपडेट »

भैरहवा आउँदै गरेको विमानमा समस्या देखिएपछि श्री एयरका सम्पूर्ण उडान प्राधिकरणले रोक्यो

शुक्रबार, २६ फागुन २०७९, ०९ : ००
30 Shares
शुक्रबार, २६ फागुन २०७९
30 Shares

बुटवल । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि श्री एयरलाइन्स सबै उडानमा रोक लगाएको छ ।

आज शुक्रबारदेखि श्री एयरका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्। अर्को निर्णय नहुन्जेलसम्म श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। 

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

श्री एयरलाइन्सका साना-ठूला गरी ८ वटा जहाज छन्। जहाजका इन्जिन परीक्षण गरेर उडान योग्य रहेको पाइएमा अर्को निर्णय गरी जहाजलाई उडान अनुमति दिइने उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।