ताजा अपडेट »

प्रचण्ड बिरुद्धको रिटको सुनवाई आज

शुक्रबार, २६ फागुन २०७९, ०८ : ३२
26 Shares
शुक्रबार, २६ फागुन २०७९
26 Shares

काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।हिजो  बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखे पछि आजका लागि सारिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।