७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । पाल्पाको तिनाउ–१ कचलमा वन महोत्सव तथा डढेलो नियन्त्रण सम्बन्धि बृहत् आमसभाको तयारी गरिएको छ । तयारीका लागि छलफल गर्न बैठक सामुदायिक वन समन्वय समितिको बुधबार बैठक बसेको हो ।

Advertisement

बैठकमा सामुदायिक वन समन्वय समिति, तिनाउका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन समन्वय समितिले गर्ने कार्यहरु, यसको प्रभावकारिता र चैत्र ६ अनि ७ गते गरिने वन महोत्सव एवम् डढेलो नियन्त्रण सम्बन्धि आमसभामा सामुदायिक वन उपभोक्ता समूहले खेल्ने भूमिकाका बारे जानकारी गराएका थिए ।

बैठकमा समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले वन महोत्सवमा आ–आफ्ना सामुदायिक वनमा पाइने वनस्पति, जडिबुटी र पशुपंक्षीहरुका फ्लेक्स प्रदर्शनी र डढेलो नियन्त्रण सम्बन्धि आमसभामा स्थानीय समूहरुले आफ्नो गीत तथा नृत्यका साथै संरक्षणसम्बन्धी सन्देश प्रवाह गरिने बताए । बैठकका प्रमुख अतिथि वडाध्यक्ष भुवानसिंह चिदीले आफ्नो वडामा गौरवको कार्यक्रम आयोजना हुन थालेकोमा खुसी व्यक्त गर्दै सबै सरकारी, गैरसरकारी संस्थाहरु एवम् सामुदायिक वन उपभोक्ता समूहहरुले सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए । महोत्सवले वनप्रतिको चासो थप बढ्ने बताए ।

महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको प्रस्तुति रहने समन्वय समितिका सदस्य सावित्रा रानाले बताईन् । उक्त महोत्सवलाई सफल बनाउन स्वागत तथा सत्कार उपसमिति, खाजा तथा खाना र आवास व्यवस्थापन उपसमिति गठन गरि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सचिवालय समेत गठन गरिएको समितिका सदस्य भोजबहादुर छहरीले बताए । बैठकमा वडा नम्बर १ का १३ वटा सामुदायिक वनका ३७ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल