ताजा अपडेट »

मोटरसाइकल दुर्घटनामा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु

विहीबार, २५ फागुन २०७९, १५ : ०८
30 Shares
विहीबार, २५ फागुन २०७९
30 Shares

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्युु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ । बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्य‍राति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।