ताजा अपडेट »

बेमौसमी तरकारी खेतीमा मांग्रीवासी आकर्षित

शुक्रबार, १९ फागुन २०७९, ११ : २६
6 Shares

मुगु, मुगुमा पछिल्लो समय किसान बेमौसी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरु पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उर्पाजनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरु  बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् ।

सदरमुकामदेखि टाढा रहेका मह र मांग्री गाउँका महिलाहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । आयतित तरकारीको भरमा परेका लामा समुदायका नागरिकहरु पछिल्लो समय संघ संस्थाको आर्थिक सहयोगमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका हुन् । मुगुम कार्मारोङ गाउँपालिका–७ र ८ का र्फ लामा समुदायका महिलाहरु तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् ।  युनाईटेड मिसन टू कलष्टर (युएमएन) मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा उनीहरुले तरकारी खेती गरेका हुन् । 

आफ्नो ग्रिन हाउसमार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेको मुगूम कार्मारोङ गाउँपालिका–८ का किसान छेवाङ साङमु लामाले बताइन् । उनका अनुसार महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।