ताजा अपडेट »

नेपाललाई पपुवा न्युगिनीमाथी जित्नै पर्ने दबाब

शुक्रबार, १९ फागुन २०७९, ०७ : १२
41 Shares

काठमाडौ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ।

नेपालले यस सिरिज अन्तर्गत शुक्रबार तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११ः४५ देखि सुरु हुने छ। नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजति गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। पपुवा न्युगिनीले पनि नेपालसँग पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

नेपालले यस सिरिज अन्तर्गत अब मार्च ६ मा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल ३० खेलमा २८ अंकका साथ छैटौं स्थानमा छ।

नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ। यदि नेपालले लिग–२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ। त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अंक छ र पुछारमा रहेको छ भने युएईको ३० खेलमा ३१ अंकसहित पाँचौं स्थानमा रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।