ताजा अपडेट »

पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ पक्राउ

आइतबार, १४ फागुन २०७९, १६ : ०१
25 Shares

पाँचथर । पाँचथर प्रहरीले मोटरसाइकल चोरीमा संलग्नको आरोपमा आठजनालाई पक्राउ गरेको छ । 

पाँचथर र तेह्रथुमको विभिन्न स्थानहरुबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिबर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्बजनिक गरिएको छ । 

तेह्रथुमको आठराई गाँउपालिका–४  शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ हुन । 

यसैगरी, ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाएनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आजै प्रहरीले सार्वजनिक समेत गरेको छ ।

उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।