ताजा अपडेट »

पहिलो पटक क्यानको साधारण सभा कर्णाली प्रदेशमा

आइतबार, १४ फागुन २०७९, ०७ : ०३
26 Shares

सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजवाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ ।

क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो  ।

दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी हुने छन्।  साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुनेछ। 

 
हिजो गरिएको  पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलो पटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जनाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।