ताजा अपडेट »

बलात्कार आराेपमा एक जना पक्राउ

बुधबार, १० फागुन २०७९, १३ : १२
6 Shares

ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ । 

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।