ताजा अपडेट »

द्वन्द्वकालमा १३ बर्षीया बालिकालाई जेल हाल्नेविरुद्ध अदालत जाने राधिकाको चेतावनी

सोमबार, ०८ फागुन २०७९, ११ : २७
4 Shares

सुर्खेत ।  भेरी नगरपालिका ६ की राधिका चन्दलाई समय समयमा अहिले झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा एक्कासि ब्यूँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेकाे उनका श्रीमान युद्धवीर सिंहले बताए । 

चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नु छ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस वडा ९ भेराबारीबाट उनलाई पक्राउ गरि ८ वर्ष बढी लामो समय हिरासत  र  जेलमा राखेपछि सो घटनाले गर्दा राधिकालाई अहिले पनि समय समयमा झस्काउने गर्दछ ।

१३ बर्ष बालिकालाई माओवादीको आरोपमा पक्राउ गरि ८ बर्षसम्म जेल जीवन बिताउने बाध्य भए पनि बाल मस्तिष्क परेको त्यो असरले अहिले समस्या हुँदै आएको छ ।

अदालतको आदेशपछि राधिका खुला आकाशमा आएर अहिले दैनिक रुपमा जीवनयापन गरिरहेको भए पनि द्वन्द्वकालमा पाएको दु:खले गर्दा मानसिक रुपमा तनाव हुँदै आएको छ । ८ बर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागार र हिरासतमा पाएको यातना सँगै पीडाले अहिले पनि झस्काइरहेको उनको भनाई छ ।

आठ बर्ष सम्मा बालिका भएको समयमा पनि राज्यले दिएको यातनाविरुद्ध राधिका अब अदालत जाने बताएकी छिन् । जाहेरीवालाको माग दाबीलाई अदालतले खारेजी गरिसकेको आधिकारिक प्रमाण रहेको भन्दै राधिकाले बिनाकसुर आफूलाई ८ बर्ष जेल जीवन बिताउन बाध्य पार्ने राज्यविरुद्ध क्षतिपूर्ती माग गर्दै अदालतमा मुद्दा दायर गर्ने उनको भनाइ छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।