ताजा अपडेट »

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु

विहीबार, २६ माघ २०७९, १६ : ५०
24 Shares

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।  मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम दिन बिहीबार बसेको प्रदेशसभाको बैठकले सबैको ध्यान तानेको छ । 

एमालेका नेता रावललाई मुख्यमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो । तर, विश्वासको मत दिन नागरिक उन्मुक्तिले रेशम चौधरीसहित टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेकाको रिहाइ, चलाइएको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको थियो । 

नागरिक उन्मुक्तिको समर्थनबिना मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सम्भव छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।