११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

मुगु । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले  जानकारी दिए ।

Advertisement

देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । यहाँको होटालका साथै कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई आवयक सुविधा दिन नसकिएकाले बाह्य र आन्तरिक पर्यटक पनि घटेको उनको भनाइ थियो ।  

“रारातालको सौन्दर्यले पर्यटनलाई लोभ्याए पनि यहाँ आइपुगेका पर्यटकले राम्रोभन्दा नराम्रो कुराको सन्देश फैलाउँदा नयाँ आउने पर्यटकलाई पनि असर परेको छ । राजमार्ग हुँदै आउने पर्यटकले सडकको राम्रो व्यवस्था नहुँदा निकै सकस हुने गुनासो गरेका छन्,’’ प्रमुख संरक्षण अधिकृत  श्रेष्ठले भने। रारासम्म पर्यटकलाई सहजरुपमा पु-याउन सके यहाँको आम्दानीमा निकै टेवा पुग्ने भएकाले स्थानीय र प्रदेश सरकारले यहाँको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनले बताए । राजस्व वृद्धिदर पनि यो आर्थिक वर्ष तीस प्रतिशतले घटेको निकुञ्ज कार्यालयले जनाएको छ । 

पर्यटकीय हबको रूपमा विकास भएको रारातालमा  पर्यटकलाई आकर्षण गर्न यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको स्थानीयवासीको भनाइ थियो । राराभित्र प्रवेशशुल्क नेपालीका लागि  प्रतिव्यक्ति रु १००, सार्क मुलकका नागरिकलाई १३ प्रतिशत भ्याटसहित रु एक हजार पाँच सय र अन्य विदेशीलाई १३ प्रतिशत भ्याटसहित रु तीन हजार लाग्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

तालको सुन्दरता

रारा पुग्ने सबैले यहाँको सुन्दरताको वर्णन गर्न थाल्छन् । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको तालको प्रत्यक्ष अवलोकन गर्ने ठूलो धोको सबैलाई हुन्छ । प्रकृतिको काखमा रहेको त्यहाँको अनुपम दृश्य नियाल्ने रहरले कर्णाली प्रदेशको राजधानीबाट सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै राराताल पुग्न सडक मार्ग रोज्नेको यात्रा निकै रमालो र सकस पनि हुन्छ । जब रारा ताल भेटिन्छ तब बाटोमा भोगिएका  कष्ट त्यो रमणीयस्थलले मेट्नाका साथै तालसँग फोटो खिच्नेको भीड लाग्ने गर्छ । 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी