ताजा अपडेट »

रवि लामिछानेले नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

आइतबार, १५ माघ २०७९, ०८ : ५६
13 Shares

काठमाण्डौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ । रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।

सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।