ताजा अपडेट »

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

बुधबार, ११ माघ २०७९, १६ : २२
6 Shares

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्। 

बुधबार रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुनेछ। यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।